गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गरे हुन्छ: ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न आवश्यक भए सरकारले अनुसन्धान गर्नसक्ने बताएका छन् ।

प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा बुधबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

गिरिबन्धु टि स्टेटको जग्गाबारे अनुसन्धान गर्न जरुरी नरहेको तर आवश्यक परे अनुसन्धान गर्दा हुने ओलीले बताए । सरकार लचिलो भएर सदन खुलाएकोमा उनले धन्यवाद दिए ।

अध्यक्ष ओलीले अहिले सरकार निष्पक्ष छानबिन गर्न २०२६ को ऐनअनुसारको आयोग बनाउन तयार भएको र निष्पक्ष छानबिन हुने बताए ।

अध्यक्ष ओलीले उच्चस्तरीय छानबिन समिति बनेर समितिले सधैंका लागि यस्ता तस्करी रोक्ने गरी अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने तर्क गरे ।


रवि धिताल