अर्थतन्त्र धराशयी भएको छ, निजी क्षेत्र आत्तिएको छ: रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका सांसद रवि लामिछानेले देशको अर्थतन्त्र दयनीय अवस्थामा पुगेको समयमा नेपालको राजनीतिक नेतृत्व सरुवा बढुवामा आँखा लगाएर बसेको टिप्पणी गरेका छन् ।
बुधबारको प्रतिनिधि सभा बैठकमा अध्यक्ष लामिछानेले संसदमा देशको अर्थतन्त्र उकास्ने विषयमा छलफल हुनु पर्ने ठाउँमा इमोशनले बढी ठाउँ लिएको बताए । अर्थतन्त्र धराशयी भएको र व्यवसायीहरु विचलित भएको उनको भनाइ छ ।
‘अर्थतन्त्र दयनीय अवस्थामा पुगेको छ । सदमा देशको इकोनोमी उकास्ने छलफल हुनुपर्थ्यो, तर इमोशनको कुराले बढी ठाउँ लिएको छ,’उनले भने, ‘ अर्थतन्त्र धारासायी भएको छ, व्यापारी व्यवसायी विचलित भएका छन्, निजी क्षेत्र आत्तिएको अवस्थामा छ ।’
दुई छिमेकी मुलुक चरम उन्नतिमा रहेको भए पनि नेपाल भने प्रहरीको सरुवा बडुवामा आँखा लगाएर बसेको उनको टिप्पणी थियो ।
‘हामी पुलिस सारेर, सरुवा बढुवामा आँखा लगाएर बसेका छौं । यो भन्दा लज्जाको विषय आर्थिक रुपमा टाट पल्टन लागेको मुलुकको लागि के हुन सक्छ ?’ लामिछानेले प्रश्न गरे ।
हामीलाई लज्जा हुनुपर्ने हो छिमेकी दुई राष्ट्र आर्थिक उन्नतीको चरम शिखरमा छन् विश्वको टप इकोनोमिकमा आफूलाई दर्ज गर्न सफल भएका छन् ।