धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको सातौं संशोधन स्वीकृत



काठमाडौं । सरकारले गायक स्वर्गीय जेबी टुहुरे (जुठबहादुर खड्गी) लाई जनगायकको उपाधि प्रदान गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले गायक स्व टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारी प्रवक्तासमेत रहेकी उनले सरकारले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई धितोपत्र तथा निष्काशन सातौं संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको बताइन् ।

‘धुलिखेल अस्पताल आपत्काली केन्द्र सुधार परियोजनाको लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ३ अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकृत गर्ने’ निर्णय भएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११६ उपदफा १ बमोजिम नेपाल धितोपत्र बोर्डलाई संलग्न धितोपत्र तथा निष्काशन सातौं संशोधन नियमावली, २०८० संशोधन गर्न स्वीकृति प्रदान गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन भ्रमण स्वीकृत गर्ने, जेबी टुहुरेलाई जनगायकको उपाधि प्रदान गर्ने’ निर्णय भएको छ ।


क्लिकमान्डु