रौतहटको चन्द्रपुरदेखि सुकदेवचोकसम्म १३२ केभीको विद्युत प्रसारण लाइन बन्दै



काठमाडौं । मधेश प्रदेशको रौतहट जिल्लास्थित चन्द्रपुर नगरपालिकादेखि सुकदेवचौकसम्म विद्युत प्रसारण लाइन निर्माण हुने भएको छ ।

विद्युत विकास विभागको उक्त प्रसारण लाइन निर्माणका लागि अनुमति पत्रका लागि दरखास्त आवेदन परेको हो । यसको निर्माण नेपाल विद्युत प्राधिकरणले गर्न लागेको हो ।

प्रसारण लाइन रौटहटको चन्द्रपुर नगरपालिकामा रहेको चन्द्रनिगाहपुर सबस्टेसनदेखि चन्द्रपुर नगरपालिका, बृन्दापन नगरपालिका, गरुडा नगरपालिका, कटहरिया नगरपालिका, देवाहोगोनाही नगरपालिका, माधवनारायण गरपालिका, यमुनामाई नगरपालिका, परोहा नगरपालिका र राजपुर नगरपालिका हुँदै यमुनामाई गाउँपाकिला–४ सरुअठामा प्रस्तावित सरुअठा एआईस् सबस्टेसनसम्म निर्माण हुनेछ । सरुखठामा १३२/३३/११ केभीको एआईएस सबस्टेसन निर्माणका लागि पनि प्रस्ताव गरिएको छ ।

प्रसारण लाइनको लम्बाई ३३ किमि हुनेछ । १३२ केभीको डबल सर्किट रहने यो प्रसारण लाइन आयोजना अन्तर्गत नै चन्द्रनिगाहपुर सबस्टेसनमा बे एक्स्टेन्सन र सरुअठामा १३२/३३/११ केभी सबस्टेसन समेत निर्माण गरिनेछ ।

प्रसारण लाइनअन्तर्गत ११७ वटा टावरहरु हुने विभागले जनाएको छ । अधिकतम ४२.५३ मिटर उचाई र टावरहरुबीचको दुरी १२६.७५ मिटरदेखि ३३५.२३ मिटर हुनेछ । आयोजना निर्माणका लागि ६८.६४ हेक्टर जमिन आवश्यक पर्ने र टावरहरुका लागि स्थायी रुपमा नै करिब ३.८४ हेक्टर जग्ग आवश्यक पर्ने विभागले जाएको छ ।

आयोजनाको निर्माण काम सुरु भएको ३ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


क्लिकमान्डु