संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक निष्कर्षबिहीन



काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक बिना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतवार दिउँसो सिंहदरवारमा बोलाएको सर्वदलीय बैठकमा पनि संसद सुचारु गराउने विषयमा सहमति बन्न नसकेको हो ।

जसरी पनि संसद बैठक सुचारु गराउनुपर्छ भन्ने विषयमा कुराकानी भएको र भोलि बस्ने बैठकबाट त्यसमा सहमति हुने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जानकारी दिए ।

बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिआईवीको अनुसन्धान प्रभावित हुने भएकाले अन्य छानबिन समिति तत्कालका लागि बन्न नहुनेमा जोड दिएका थिए ।

अनुसन्धानले गति लिएकाले त्यसको प्रतिवेदन नआउँदासम्म पर्खन उपयुक्त हुने कुरा बैठकमा गृहमन्त्रीले राखेका थिए ।
लामिछानेले आफ्नो पार्टीले भने संसद सञ्चालन गरेर जानुपर्ने कुरामा जोड दिएको पनि बताउनु भयो ।

रास्वपा सभापति लामिछानेका अनुसार भोलि फेरि बैठक बस्ने र दलहरुबीच संसद खुलाउने विषयमा सहमति जुट्नेछ । प्रमुख प्रतिपक्ष एमालेले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने अडान राख्दै गत साउन १० गतेदेखि संसद बैठक अवरुद्ध हँदै आएको छ ।


क्लिकमान्डु