मेयरले खुकुरी हानेको स्वकीय सचिवको दाबी, टाउकामा चोट
डोटी । डोटीको शिखर नगरपालिकाका मेयर दीर्घबहादुर बलायरका स्वकीय सचिव राजेश ठगुन्नाले आफूमाथि मेयरले खुकुरी प्रहार गरेको बताएका छन् ।
खुकुरी प्रहारबाट टाउकामा चोट लागेको भन्दै उनले सामाजिक सञ्जालमा तस्बिरहरु पोस्ट गरेका छन् । उनले टाउकामा चोट लागेको र अस्पतालमा भर्ना भएको फोटो सामाजिक सञ्जालमा राखेका छन् ।
चोट लागेको र अस्पतालको बेडमा रहेको तस्बिर राख्दै उनले लेखेका छन्, ‘तिमीहरु फुर्ती हान्दै गर म उपचारका लागि जाँदै छु ल बाई । खुकुरी प्रहार शिखरका मेयर दीर्घ बलायकरोको हातबाट ।’
जिल्ला प्रहरी कार्यालय डोटीले घटनाबारे जानकारी नभएको बताएको छ ।