सेयर बजार ८ अंकले बढ्यो
काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको अन्तिम कारोबार हुने दिन बिहीबार ८ अंकले बढेको छ ।
म्युचुअल फन्डबाहेकका सबै उपसमूह सकारात्मक बनेपछि समग्र बजार परिसूचक नेप्से ८.०१ अंकले बढेर २०३३.१३ अंकमा उक्लिएको हो । सबैभन्दा धेरै व्यापार २.३५ तथा पर्यटन २ प्रतिशतले बढेको छ ।
बजार बढ्दा १३५ कम्पनीका लगानीकर्ताले कमाएका छन् भने ७८ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
बिहीबार २७१ कम्पनीको ४० लाख ९ हजार कित्ता सेयर १ अर्ब ५४ करोड १३ लाख रुपैयाँबराबरमा करोबार भएको छ ।
बुधबार सेयर बजार २० अंकले घटेको थियो भने १ अर्ब ६५ लाख ७४ हजार रुपैयाँको कारोबार भएको थियो ।