आफ्नै लिङ्ग काटेर अस्पताल पुगे एक युवक, चितवन रिफर



हेटौँडा । मकवानपुरको हेटौँडामा एक युवक आफ्नै संवेदनशील अंग (लिंग) काटेर घाइते भएका छन् ।

मकवानपुरको हेटौंडामास्थित एक होटलमा बसेका एक जना युवकले लिंग काटेर घाइते भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका–१०, बसपार्कस्थित फूलबारी होटेल एन्ड लजमा बसेका २२ नवीन हुमागाईँले आफ्नै संवेदनशील अंग काटेका हुन् ।

मकवानपुरगढी गाउँपालिका–७, नयाँ गाउँ स्थायी ठेगाना भएका उनले बुधवार राती १० बजेको समयमा आफ्नै संवेदनशील अंग काटेर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संवेदनशील अंग काटेर उपचारको लागि उनी आफै हेटौँडा अस्पताल पुगेका थिए । अस्पतालले थप उपचारको राति १२ बजे चितवनको भरतपुर रिफर गरिदिएको छ ।

प्रहरीलाई बयानको क्रममा उनले आफैले आफ्नो लिंग काटेको बताएका छन् । उनको अवस्था हाल मध्यम रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी भनाइ छ ।


क्लिकमान्डु