सन्दिप लामिछानेको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा



काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आजदेखि काठमाडौं जिल्ला अदालतमा नियमित सुनुवाइ हुँदैछ ।

काठमाडौंको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा उनी मुद्दा खेपिरहेका छन् ।

लामिछानेविरुद्धको मुद्दा जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।

प्राथमिकता क्रममा सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ ।


क्लिकमान्डु