दोलखामा ३३ केभीको प्रसारण लाइन बन्दै



काठमाडौं । बागमती प्रदेशको दोलखा जिल्लामा ३३ केभीको प्रसारण लाइन बन्ने भएको छ ।

विद्युत विकास विभागकाअनुसार दोलखाको विगु गाउँपालिका–६ मा निर्माणाधिन रहेको साँगु खोला–१ जलविद्युत आयोजनाको स्विचयार्डदेखि सोही गाउँपालिकाको ८ नम्बर वडामा निर्माणाधीन रहेको साँगु खोला जलविद्यूत आयोजनाको स्विचयार्डसम्म यो प्रसारण लाइन बन्न लागेको हो । प्रसारण लाइनको निर्माण हिम पर्वत हाइड्रोपार लिमिडेटले गर्न लागेको हो ।

३३ केभी भोल्टको रहने यो प्रसारण लाइन सिंगल सर्किटको हुनेछ । यसबाट ५.५ मेगावाट विद्यूतीय उर्जा प्रवाह गर्न सकिनेछ । प्रसारण लाइनको लम्बाई ५.८३ किमि रहनेछ ।

प्रसारण लाइनमा १२९ वटा स्टिल टुबुलर पोलहरु रहनेछन् भने पोलहरुबीचको दुई ३० देखि ५० मिटर औसतमा रहनेछ । १२ मिटर उचाईको रहने पोलहरु राख्नका लागि करिब ३.५६२ हेक्टर जग्गा स्थायी तथा अस्थायी रुपमा आवश्यक पर्ने भिागले जनाएको छ ।

प्रसारण लाइनको निर्माण काम सुरु भएको १२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।


क्लिकमान्डु