सेयर बजार राताम्मे, कारोबार रकम घट्यो
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार राताम्मे बन्दा बजार मापन गर्ने सूचक २०.३१ अंकले घटेर २०२५.१२ बिन्दुमा रोकिएको छ ।
२६९ कम्पनीको ४८ लाख ३८ हजार १०६ कित्ता सेयर १ अर्ब ६७ करोड ९९ लाख ८० हजार ६२३ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिम समयमा भने सामान्य बढोत्तरी रह्यो । कारोबारमा बैंकिङ समूहको ९.४१, विकास बैंक १९.११, वित्त २३.५७, जलविद्युत ४०.१०, जीवन बिमा ९६.१४, उत्पादन तथा प्रशोधन ८६.१२, माइक्रोफाइनान्स ४५.१८, निर्जीबन बिमा समूहको उपसूचक ९७.४१ अंकले घटेको छ ।
कारोबारमा सनराइज फोकस्ड इक्विटी फण्ड, बलेफी हाईड्रोपावर, स्वरोजगार लघुवित्त विकास बैंक, थ्री स्टार हाईड्रोपावर, कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले कमाएका छन् ।
यस्तै माउन्टेन हाईड्रो, स्वेत गंगा हाईड्रोपावर, धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कारोबार रकमका आधारमा हिमालयन डिस्ट्रिलरी अग्रस्थानमा रहेको छ । कम्पनीको ८ करोड ४१ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा शिवम् सिमेन्ट र आइएमई लाईफ इन्स्योरेन्स रहेको छ ।