पेट्रोलियम पदार्थको मूल्य बढेसँगै गाडी भाडा बढ्यो (सूचीसहित)



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारी साधनको भाडा पनि बढेको छ ।

मंगलबार नेपाल आयत निगमले पेट्रालियम पदार्थको मूल्य बढेको सूचना सार्वजनिक गरेको थियो । जसमा पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर १४ रुपैयाँसम्म भाडा बढेको थियो । त्यसको भोलीपल्ट अर्थात बुधबार सरकारले सार्वजनिक सवारी साधनको भाडा बढेको जनाएको छ ।

यातायात व्यवस्था विभागले एक सूचना निकाल्दै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढेको जानकारी दिएको हो । विभागकाअनुसार यात्रुबहाक र मालबहाक दुवै किसिमका सवारी साधनमा नयाँ भाडा लागु गरिएको छ । विभागले दुई प्रदेश वा सोभन्दा बढि वा राष्ट्रिय स्तरमा चल्ने सवारी साधनमा भाडा बढाइएको जानकारी दिएको छ ।

विभागले जारी गरेको नयाँ भाडादरकाअनुसार यात्रु बाहक सवारी साधनमा समग्रमा ४.७० प्रतिशतले भाडा बृद्धि भएको छ । त्यस्तै, मालबहाक सवारी साधनमा पहाडी क्षेत्रमा ६.१५ प्रतिशत र तराई क्षेत्रमा ६.८३ प्रतिशतले भाडा बढेको हो । विभागकाअनुसार बुधबारबाटै नयाँ भाडादर लागु हुनेछ ।


क्लिकमान्डु