सुन तस्करी प्रकरण: थप तीन जना पक्राउ



काठमाडौं । सुन तस्करी प्रकरणमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २ जना पुरुष र १ जना महिलालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरु चिनियाँ नागरिक रहेका बताइएको छ। उनीहरुको साथबाट ३१ लाख रुपैयाँ समेत बरामद भएको जनाइएको छ । पक्राउ पर्ने चिनियाँ नागरिकहरुमा पुरुष गाउ हुइ, झोङ सेक चिन र महिला ताङ पिङ रहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान विभागले साउन २ गते ब्रेक सुमा राखिएको सुन बरामद गरेको थियो।

राजस्व अनुसन्धान विभागले बरामद गरेको सुनलाई सोमबार ब्रेक सुबाट निकालेर जोखिएको थियो । जसको तौल ६० किलो ७८९ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार विभागले जनाएको छ । यसरी ब्रेक सुबाट निकालिएको सुनलाई आज गालिएको छ । गालिएको सुनको तौल भने सार्वजनिक भएको छैन ।


क्लिकमान्डु