चिलिमे जलविद्युत कम्पनीको नाफा घट्यो



काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ६९ करोड ४५ लाख ९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७.९२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीको नाफा ७५ करोड ४२ लाख ४८ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीबाट हुने आय घटेको छ । जसको असर नाफामा देखिएको छ । अघिल्लो असार मसान्तसम्म १ अर्ब १८ करोड १७ लाख ४० हजार रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा १ अर्ब १२ करोड ८६ लाख ४२ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको परियोजना सञ्चालन खर्च अघिल्लो आवको १० करोड ९७ लाख ५८ हजार रुपैयाँ रहेको थियो । गत आवको असार मसान्तमा १२ करोड ५४ लाख ६९ हजार रुपैयाँ रहेको छ ।

७ अर्ब २५ करोड ८१ लाख ७९ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन अर्निङमा ३ अर्ब ३० करोड १६ लाख ७२ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ४७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ४९ पैसा रहेको छ ।


क्लिकमान्डु