अब टिकट बुकिङ काउन्टर दर्ता गर्नुपर्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरक्षेत्रभित्र खुलेका टिकट बुकिङ काउन्टरलाई अनिवार्य रुपमा दर्ता गर्न निर्देशन दिएको छ ।

महानगरले जथाभावी रुपमा खुलेका टिकट बुकिङ काउन्टरहरुलई व्यवस्थित गरी ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउनका लागि उपत्यका बाहिर चल्ने यात्रुबहाक सार्वजनिक सवारी साधनका लागि टिकट बुकिङ काउन्टरहरु दर्ता गर्नुपर्ने सूचना निकालेको हो । यस्ता टिकट काउन्टरहरु सम्बन्धित वडा कार्यालयमा अनिवार्य रुपमा दर्ता हुनुपर्ने जनाएको छ ।

महानगरले काउन्टरहरु दर्ता नभएमा र सञ्चालन भएको पाएमा भदौ १ गतेबाट हटाउने पनि चेतावनी दिएको छ ।


क्लिकमान्डु