सुन प्रकरणबारे गृहमन्त्रीले संसद्‍मा जवाफ दिँदै #LIVE



काठमाडौं । केही दिनयता प्रतिपक्षी दलको अवरोधका कारण अवरुद्ध भएको प्रतिनिधि सभा आज बसिरहेको छ । बैठकमा सांसदहरुले आफ्ना धारणा राखिरहेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरू भएको जानकारी गराउनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी रास्वपाका सांसद उठेका थिए ।

लगत्तै सभामुख घिमिरेले दलगत आधारमा आकस्मिक समयमा बोल्न पालो दिइने जानकारी गराए । त्यसपछि एमालेका सांसद योगेश भट्टराईले आफ्ना धारणा राखेका छन् । उनले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताए । उनले प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गृहमन्त्री, अर्थमन्त्री लगायतसँग बयान लिन सक्छ भन्दै प्रश्न गरे ।

दलगत प्रतिनिधित्व हुने गरी सांसदहरूले धारणा राखेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले जवाफ दिने कार्यक्रम छ । सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न नेकपा एमालेले माग गर्दै आइरहेको छ । तर, सरकारले भने त्यसको आवश्यकता नभएको बताउँदै आएको छ ।


क्लिकमान्डु