दाना र अण्डाको कारोबार गर्ने किसान दाना उद्योगको व्यापार घट्यो



काठमाडौं । दाना र अण्डाको कारोबार गर्ने किसना दाना उद्योगको व्यापार घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा करिब ९ करोड रुपैयाँले घटेको हो ।

कम्पनीले सन् २०२२ मा २ अर्ब ३८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२३ मा कम्पनीले २ अर्ब २९ करोड २० रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ९७ करोड ६० लाख, सन् २०२० मा १ अर्ब ५० करोड ५० लाख र सन् २०१९ मा १ अर्ब ३२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । 

सन् २०२१ मा दर्ता भएको कम्पनीले पोल्ट्रीका लागि आवश्यक म्यास दाना (लेयर्स चिकेन) र अण्डा उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीले मकै, भटमास, बोन मिल, राइस ब्रान आदि जस्ता कच्चा पदार्थ प्रयोग गरेर दाना उत्पादन गर्दै आएको जनाएको छ ।

कम्पनीले विशेषगरी दाउन्ने एग्रो फार्मसँग सहकार्य गरेर दाना आपूर्ति गर्दै आएको छ ।  कम्पनीमा दाउन्ने एग्रो फार्मको २७ प्रतिशत हिस्सा छ । किसान दाना कम्पनीले दाउन्ने एग्रो फार्मको अण्डा खरिद गरी बजारमा व्यापार गर्दै आएको छ ।

विनोद पोख्रेल प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनी पोल्ट्रीसम्बन्धी ह्याचरी युनिट, पोल्ट्री फिड युनिट, अण्डाको व्यापार गर्ने युनिट, भेट र औषधी युनिट र अण्डाको ट्रे उत्पादन युनिट गरी विभिन्न क्षेत्रमा संलग्न छ ।

पोल्ट्री क्षेत्रमा बर्ड फ्लु, रानीखेतलगायत विभिन्न रोगका कारण यस क्षेत्रमा निकै चुनौती छ । रोगका कारण कम्पनीको व्यापार तथा नाफामा निकै असर पर्न जान्छ । त्यस्तैगरी, कच्चा पदार्थहरुको मूल्य वृद्धिले पनि कम्पनीको व्यापार तथा नाफामा असर पुगेको उल्लेख छ ।


रवि धिताल