हिमालयन बैंकको नाफा ३ अर्ब २६ करोड



काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्म हिमालयन बैंकले ३ अर्ब २६ करोड ६१ लाख ६७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३७.९६ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ३६ करोड ७५ लाख ३८ हजार रहेको थियो ।

असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा देखिएको सुधारको प्रभाव बैंकको नाफामा देखिएको छ । बैंकको खुद ब्याज आम्दानी १००.९५ प्रतिशतले बढेर ९ अर्ब ९३ करोड ३४ लाख १३ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य नाफा ७१ करोड १४ लाख ६९ हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

२१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ९१ करोड ४८ लाख ७८ हजार रुपैयाँ रहेको छ । २ खर्ब ७५ अर्ब ३१ करोड ९ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २ खर्ब ३० अर्ब १२ करोड ६७ लाख ८६ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १.५९ प्रतिशतबाट बढेर ४.५७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी १९ रुपैयाँ १९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ५८ पैसा रहेको छ ।


रवि धिताल