चिरख्वा हाइड्रोपावरले आईपीओ ल्याउने



काठमाडौं । चिरख्वा हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने छ । त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्ने छ ।

कम्पनीले आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गर्ने छ । ८० हजार कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गर्ने छ । स्थानीयले न्यूनतम १० देखि अधिकतम १ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन् । आयोजना प्रभावितले पनि भदौ १० गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

स्थानीयले राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र लक्ष्मी सनराइज बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु