इलेक्ट्रोनिक ट्याक्सीतर्फको यात्रा थाल्न व्यवसायी र चालकलाई मन्त्री ज्वालाको आग्रह
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयानुसार पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीभन्दा इलोक्ट्रोनिक ट्क्याक्सीतर्फको यात्रा थाल्न व्यवसायी र चालकहरूलाई आग्रह गरेका छन् ।
मन्त्री ज्वालालाई भेट्न सिंहदरबार पुगेका ट्याक्सी व्यवसायीलाई इलोक्ट्रोनिक भेकल (इभी)मा जाने गरी कानून निर्माणको तयारी भइरहेकाले समयानुसार चल्न तयारी गर्न आग्रह गरे । उनले ट्याक्सी व्यवसायीको पहिचान खुल्ने गरी पोसाकको व्यवस्था गर्न र अनलाइन सेवामा पनि जान आग्रह गरे ।
ट्याक्सी व्यवसायीले इम्बोस्ड नम्बर देवनागरीमा हुनुपर्नेमा जोड दिँदै मन्त्री ज्वालाले भने , “विद्युतीय सवारी साधनतिर जाने गरी कानून निर्माणको तयारीमा छौँ, तपाईंहरूलाई पनि त्यही प्रकारको यात्रा थाल्न म आग्रह गर्दछु ।”
व्यवसायीले एसइई सकेका सबै विद्यार्थीलाई लाइसेन्स दिने गरी तालिमको व्यवस्था गर्नुपर्ने, लामो दूरीमा बिरामी लिँदा अस्थायी रोड परमिट दिनुपर्नेजस्ता माग राखेका थिए । काठमाडौँ उपत्यकामा मात्र १२ हजार तीन सय ट्याक्सी सञ्चालनमा छन् ।