सेयर बजारमा सामान्य सुधार, ७६ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ३ अंकले बढेर परिसूचक २०८९.८४ बिन्दुमा रोकिएको छ ।

२६२ कम्पनीको ५१ लाख ३० हजार ५२० कित्ता सेयर १ अर्ब ७८ करोड १९ लाख ४१ हजार ७०१ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक ५.९५ अंकले बढेको छ भने जीवन बिमा ६३.४७, उत्पादन तथा प्रशोधन १६.४१, माइक्रोफाइनान्स १०.८९, अन्य समूहको ८.९२ र ट्रेडिङ समूहको उपसूचक ५१.७५ अंकले बढेको छ ।

कारोबारमा विकास बैंक ८.०२, वित्त २८.०८, होटल ३३.१२, जलविद्युत १३.४१, निर्जीबन बिमा ४८.९८ अंकले घटेको छ । बजारमा सामान्य सुधार हुँदा ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३० कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबारमा सपोर्ट माइक्रोफाइनान्स, एनआईबिएल ग्रोथ फण्ड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त वित्तीय संस्था, सिईडिबी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।

कारोबारमा प्रोग्रेसिभ फाइनान्स, गणपति लघुवित्त वित्तीय संस्था, कामना सेवा विकास बैंक, गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थनमा रहेको छ । कम्पनीको ९ करोड २३ लाख ७८ हजार ५४५ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा सिईडिबी हाईड्रोपावर र आईसीएफसी फाइनान्स रहेका छन् ।


क्लिकमान्डु