एसवाई प्यानल अब भारतीय बजारमा



काठमाडौं । नेपालमा सञ्चालन भइरहेको कोरियन कम्पनी एसवाई प्यानलका उत्पादन अब भारतीय बजारमा निर्यात हुने भएका छन् ।

कम्पनीले उत्पादन गरेका प्रि-फ्याब घर बनाउनका लागि आवश्यक पर्ने सामग्री भारत निर्यात हुन लागेका हुन् । पहिलो चरणमा भारतको सिक्किममा प्रि-फ्याब घर बनाउनका लागि सामान पठाउन लागिएको छ ।

त्यहाँ सामान पठाउन एसवाई प्यानलको आधिकारिक डिलर समृद्ध निर्माण सेवाले काम गरिरहेको छ । नेपालमा लोकिप्रियता कमाउँदै गएको कम्पनीको उत्पादनको माग भारतका अन्य सहरबाट पनि भइरहेको छ ।

एसवाई प्यानल प्रयोग गरी निर्माण गरिएका घर भूकम्पबाट सुरक्षित हुने र वातावरणमैत्री हुने भएकाले ग्राहकको रोजाइमा पर्ने गरेको कम्पनीले जनाएको छ ।

कोरियन कम्पनी एसवाई प्यानल आठ वर्षदेखि नेपालमा सञ्चालनमा छ । कम्पनीले प्रि-फ्याब घर निर्माणका लागी ईपीएस प्यानल, स्यान्डविच, पफ प्यानलहरु प्यानल डोर स्टिल डोर र यूपीभीसी विन्डो उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु