सिनर्जी पावर डेभलपमेन्टले २ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजीको २ः१ अनुपातमा ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँको ४० लाख ३२ हजार ८७५ कित्ता सेयर निष्काशन गर्न लागेको जनाएको छ ।

हकप्रद सेयरमा साउन २५ गतेदेखि भदौ १३ गतेसम्म सेयर निष्काशन गर्ने भएको छ । हकप्रद सेयर साउन ११ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । कम्पनीले साउन १२ गते सेयर दर्ता किताब बन्द (बुक क्लोज) गरेको छ ।

हकप्रद सेयरमा बिक्री प्रबन्धक सानिमा क्यापिटलका साथै सानिमा बैंकको बिराटनगर, विरगञ्ज, बिरौटा शाखा पोखरा, बुटवल शाखा, नेपालगञ्ज, बिरेन्द्रनगर, धनगढी र दोलखामा मेलुङ शाखाबाट आवेदन दिन सकिन्छ । यस्तै सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु