नेपाल आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य, ग्यासमा प्रतिसिलिण्डर १३० रूपैयाँले घट्यो



काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट १ अगष्टमा प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलमा प्रति लिटर ८.१४ रूपैयाँ र डिजेलमा ६.८६ ले वृद्धि भई आएको थियो ।

सोहीअनुसार निगमले मूल्य बढाएको हो । निगमले यसअघि नै पेट्रोलियम पदार्थको मूल्यमा परल मूल्य प्रणाली कायम गरेको छ । त्यसैले आईअोसीले नयाँ मूल्य पठाएसँगै निगमले मूल्य बढाएको छ ।

त्यस्तै, एलपि ग्यासको मूल्यमा प्रति सिलिण्डर ११७.६२ ले घटि आएकोले निगम व्यवस्थापनकोनिर्णय अनुसार निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि, २०८० अनुसार आज राती १२:०० बजेदेखि लागू हुने गरी साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोल ९ रूपैयाँ तथा डिजेल / मट्टितेलमा प्रतिलिटर ७ रूपैयाँले बृद्धि गरेको छ ।

त्यसैगरी, निगमले खाना पकाउने एल. पि. ग्यासमा साविकको खुद्रा विक्री मूल्यमा प्रति सिलिण्डर १३० रूपैयाँले घटाएको छ ।

हवाई इन्धनको साविकको बिक्री मूल्य भने यथावत् नै राखिएको छ । समायोजन पश्चात् निगमको डिपो / कार्यालयदेखि १५ किलोमिटरसम्म पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य देहाय वमोजिम कायम भएको छ ।


क्लिकमान्डु