हिमालयन ब्रोक्रेजको स्किमः ९९९ रुपैयाँमा डिम्याट खाता र मेरो सेयर



काठमाडौँ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जबाट संचालन अनुमति पाएको हिमालयन ब्रोक्रेज (ब्रोकर नम्बर ६३) ले पहिलो स्कीमसहित आफ्नो कारोबारलाई तिब्रता दिने भएको छ ।

स्कीम अनुसार, शेयर कारोबारका लागि आवश्यक पर्ने डिम्याट खाता र मेरो सेयर खोल्ने र आजीवन नवीकरण ९ सय ९९ रुपैयाँमा गर्ने भएको छ । यो सँगै पुँजी बजारको क्षेत्रमा नयाँ उत्साह थपिने विश्वास कम्पनीले लिएको छ ।


क्लिकमान्डु