जानकी मन्दिरमा अश्लील टिकटक बनाउने पक्राउ, महिला र भिडियो खिच्नेको खोजी जारी
काठमाडौं । जनकपुरस्थित जानकी मन्दिरमा अश्लील हर्कत गर्दै टिकटक बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील हर्कतमा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने धनुषाको औरही गाउँपालिका-६ का अनिरूद्र यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
१८ वर्षीय यादवमाथि थप अनुसन्धान भइरहेको र भिडियोमा देखिएकी महिला र भिडियो खिच्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।