सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो
काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको थियो । मंगलबार प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
साथै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।
तर, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ५५ रुपैयाँ कायम भएको छ ।