यस्तो हुने छ आजको मौसम ?
काठमाडौं । हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।
२०८० श्रावण ०६ गते (शनिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।