सुन तस्करी प्रकरणमा महराको संलग्नता छैन: सञ्चारमन्त्री
काठमाडौं । सरकारी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले १ क्विन्टलभन्दा धेरै सुन तस्करी प्रकरणमा पूर्व सभामुख कृष्णबहादुर महराको संलग्नता नरहेको दाबी गरेकी छन् ।
माओवादी उपाध्यक्षसमेत रहेका महराको नाम जोडिएर आएको भन्दै मन्त्री शर्माले गलत मनसायका साथ आएको दाबी गरिन् ।
शुक्रबार जनकपुरमा मन्त्री शर्माले सुन तस्करीमा महराको नाम आएको विषय कुनै तथ्यमा नभएर गलत मनसायले आएका दाबी गरिन् । मन्त्री शर्माले मुलुकमा देखिएको हरेक प्रकारको बेथितिलाई समाप्त गर्न सरकार दृढ रहेको बताइन् ।