नागरिक विकास बचत तथा ऋण सहकारीले कर्जा नतिरेपछि नेफ्स्कुनले निकाल्यो ३५ दिने सूचना



काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)ले नागरिक विकास बचत तथा ऋण सहकारी संस्थालाई कर्जा भुक्तानी गर्न भन्दै ३५ दिने सूचना निकालेको छ ।

सहकारीले नेफ्स्कुनबाट लगेको कर्जा नतिरेको भन्दै ३५ दिन भित्र कर्जा तिर्न भनेको छ । सहकारीलाई पटक पटक कर्जा तिर्न आग्रह गर्दा पनि नतिरेको भन्दै कर्जाको सावा तथा ब्याज र हर्जन रकम तिर्न आलटाल गरेको भन्दै ३५ दिने सूचना निकालेको छ । ३५ दिन भित्र कर्जा नतिरेको खण्डमा संस्था र धन जमानी तथा व्यक्तिगत जमानी बसेका व्यक्तिको नाममा रहेको चलअचल सम्पत्ति तथा जायजेथाबाट असुल उपर गर्ने जनाएको छ ।

संस्थाको अध्यक्षमा सुनम सुब्बा, उपाध्यक्षमा मन प्रसाद राई, सचिवमा दुर्गादेवी राई, कोषाध्यक्ष देउमाया लिम्बु रहेका छन् । यस्तै सदस्यमा रोजिना मगर, सपना लिम्बु, सुनु मगर रहेका छन् ।

संस्थाले कर्जा लिँदा संस्थानको नाममा रहेको भक्तपुर जिल्ला साविक मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १५ को कित्ता नम्बर १२ र १३ को ९७.४० र ७८.४० वर्ग मिटर क्षेत्रफल जग्गा धितो रहेको छ ।

यस्तै संस्थाका अध्यक्ष सुनम सुब्बाको नाममा भक्तपुर जिल्लाको सुाविकको सिपाडोल नगरपालिका–२ मा कित्ता नम्बर ६३९, ६४५ को क्षेत्रफल ३१.७९ र १०७.३० वर्ग मिटर जग्गा रहेको छ । यस्तै उनको नाममा भक्तपुरको बालकोट–२ को कित्ता नम्बर २५०१ को क्षेत्रफल १२७.१६ वर्ग मिटर जग्गा धितोपमा रहेको छ ।

नेफ्स्कुनबाट कर्जा लिँदा उपेन्द्र बस्नेतको नाममा भक्तपुरको निलबाराही–१ स्थित कित्ता नम्बर २३ को क्षेत्रफल १७०.८८ वर्ग मिटर जग्गा धितोमा रहेको उल्लेख छ ।


क्लिकमान्डु