नेपाली नर्सले बेलायत जान आवेदन दिन सक्ने, यस्तो छ सेवा सुविधा



काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुला भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जीटूजीमार्फ्त लैजाने गरी सम्झौता भएअनुसार आवेदन खुला गरेको जनाएको छ।

सरकारले बेलायत रोजगारीलाई पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १ सय जना नर्सलाई रोजगारी प्रदान गर्ने गरी आवेदन खुला गरेको श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले बताए । उनकाअनुसार सरकारले जीटुजीमार्फत् पठाउने गरी पहिलो चरणमा एक सय जनाको माग छ । सोहीअनुसार सरकारले मापदण्ड बनाएर पठाउने तयारी गरेको हो ।

मन्त्रालयले रोजगारीका लागि इच्छुक व्यक्तिहरुले आजदेखि आगामी अक्टोबर १९ सम्म अनलाइन आवेदन दिन सक्नेछन् । सरकारले बेलायत रोजगारीका लागि छुट्टै मापदण्ड तय गरेको छ । उक्त मापदण्डको आधारमा योग्यता पुगेका परीक्षार्थीहरु बलायत जान पाउनेछन् ।

सरकारले नर्सिङ क्षेत्रमा स्नातक तथा स्नातकोत्तर तह अध्ययन गरेका सबैले आवेदन दिन पाउने छन् । नर्सिङ अध्ययन गरेका व्यक्तिहरुले बेलायत जान भने आईईएलटीएसमा न्यूनतम ७ अंक ल्याउनुपर्नेछ । साथै, २ वर्षको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, रोजगारीका लागि छनौट भएर बेलायत पुगेका नर्सहरुले पुनः नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ । उक्त परीक्षा पास भएमा बेलायतको रजिष्ट्रर नर्स हुनेछ । त्यस्तै, रोजगारीका लागि जाने नर्सहरु ५ वर्ष काम गर्न पाउनेछन् ।

बेलायतले सरकारले वार्षिक झण्डै एक जना नर्सलाई वार्षिक ४७ लाख रुपैयाँ पारिश्रमिक प्रदान गर्ने जनाएको छ । सरकारले गत वर्षको भदौमा बेलायतसँग सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

बेलायती नागरिकले पाउने सेवा-सुविधा र विदेशी नागरिकले पाउने सेवा-सुविधा एकै खालको रहेको श्रम मन्त्रालयले जनाएको छ ।
आईएलटीएस जस्ता भाषा सिक्न र बेलायत जान लाग्ने प्लेन टिकटसमेत बेलायत सरकारले बेहोर्ने छ । यहाँबाट गएका स्वास्थ्य जनशक्तिले वार्षिक ३६ हजार पाउण्ड स्ट्रर्लिङसम्म कमाउन सक्नेछन् ।


क्लिकमान्डु