सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख १३ हजार ६ सय पुग्यो
काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
गत जेठ १९ गते सुनको मूल्यले विगतको रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको थियो । गत जेठ १९ गते छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ कायम भएको थियो । उक्त मूल्यको रेकर्ड तोड्दै बिहीबार सुनको मूल्यले इतिहास कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघअनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, बिहीबार तेजावी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँ कायम भएको छ ।
साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला १४ सय ९५ रुपैयाँ कायम भएको छ ।