विमानस्थलबाट बरामद सुन ८० किलोभन्दा माथि, तीन जना पक्राउ



फाइल तस्बिर

काठमाडौं । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा माथिको सुन बरामद गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिए । उनका अनुसार उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको छ ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको उनले बताए ।

सुन हङ्कङबाट आएको खुलेको उनले जानकारी दिए । थप अनुसन्धान जारी रहेकाले आजसम्ममा धेरै कुराहरु खुल्ने उनले बताए ।


क्लिकमान्डु