वाणिज्य बैंकले ११ महिनामा कमाए ६७ अर्ब २३ करोड नाफा, कुनको कति ?



काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख २० हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

वाणिज्य बैंकको नाफा एक महिनाको अवधिमा १७.५९ प्रतिशतले बढेको हो । वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।

यो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहेको छ । बैंकले ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । दोस्रोमा ग्लोबल आइएमई बैंक छ । बैंकले ६ अर्ब ५० करोड ६३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छ । बैंकले ११ महिनाको अवधिमा ४ अर्ब ७६ करोड ५१ लाख, चौथो स्थानमा रहेको एनआईसी एशिया बैंकले ४ अर्ब ६३ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ४७ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

जेठ मसान्तसम्म एनएमबि बैंकले ३ अर्ब ३२ करोड ७२ लाख र हिमालयन बैंकले ३ अर्ब २९ करोड ८९ लाख, प्राइम बैंकले ३ अर्ब २१ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म ३ अर्बभन्दा बढी नाफा ६ वटा बैंकको रहेको छ ।

यस्तै २ अर्बभन्दा बढी नाफा कमाउनेमा ५ वटा र २ अर्बभन्दा कम नाफा हुनेमा ५ वटा बैंक छन् । यो अवधिमा सबै थोरै नाफा कमाउनेमा कृषि विकास बैंक रहेको छ । बैंकले जेठ मसान्तसम्म १ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

कुन बैंकले कति कमाए ?


क्लिकमान्डु