थोत्रा बाइकलाई बिजुलीबाट चल्ने बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र, ट्राफिकले दियो १० वटा सरकारी मोटरसाइकल



काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले १० वटा पुरानो सरकारी मोटरसाइकल दिएको छ ।

प्रहरी उपरीक्षक सन्तोष आचार्य उक्त संख्याका मोटरसाईकल राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालय ,रामशाहपथले जनाएको छ ।

केन्द्रले मोटरसाइकललाई विद्युतीय मोटरसाइकलमा रुपान्तरण गर्न अनुसन्धान गरिरहेको छ ।

‘काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ,रामशाहपथ वाट १० वटा पुरानो सरकारी मोटरसाइकल विधुतीय मोटरसाइकलमा रुपान्तरण र परीक्षण प्रायोजनका साथै विभिन्न अनुसन्धानका लागी मिति २०८०-०४-०१ गते यस कार्यालयको निर्णय अनुसार प्रहरी उपरिक्षक सन्तोष आचार्य ज्यूले राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गर्नु भएको छ’ सूचनामा भनिएको छ ।


क्लिकमान्डु