पसलको सटर बन्द गराएर भाडा असूलीदिन महानगरमा उजुरी दिनेको संख्या ह्वात्तै बढ्यो
काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यायिक समितिमा कोठा र पसलको सटर बन्द गराई भाडा असुल गरिदिनका लागि उजुरी दिनेको संख्या ह्वात्तै बढेको छ । पछिल्ला दिनहरुमा आर्थिक मन्दीका कारण पनि सो उजुरी न्यायिक समितिमा करिव दोब्बरले बढेको उपमेयर डंगोलले जानकारी दिइन् ।
उमपेर डंगोलका अनुसार १० वटा उजुरीमध्ये ८ वटा भने कोठा र सटर बन्द गराई भाडा दिलाई पाउँ भन्ने खालको आउने गरेका छन् । आर्थिक मन्दीका कारण घरबेटीहरु नै कोठा र सटर बन्द गराई भाडा असुलीका लागि उजुरी दिन लागेको र यो क्रम अझै बढेर जाने महानगरपालिकाको आकंलन छ । न्यायिक समितिमा भाडा तिर्न नसकेर सहकारीलगायतका संस्थाहरु भागेको उजुरी पनि आउने गरेको बताइन् ।
उपमेयर डंगोलले भनिन् ‘न्यायिक समितिको अहिले मुद्दाहरु हेरिरहँदाखेरी अहिले धेरैजसो अहिले पसलहरु बन्द गर्ने र सटर खाली गर्नु पर्यो, कोठा खाली गरिदिनु प¥यो भन्ने खालको विषय बढी आउने गरेका छन् । अहिले पर्सेन्टेजकै हिसावले हेर्ने हो भने न्यायिक समितिको इजलासमा १० वटामा ८ वटा चाँही कोठा खाली गराई पाउँ, सटरखाली गराई पाउँ । सहकारी भाग्यो, अव खाली गर्नु प¥यो । मेरो फ्लाटनै खाली गरिदिनु प¥यो । यस्ता खालका विषय बढी आउने गरेको छ । र, यसको संकेत भनेको पक्कै पनि राम्रो हुँदै होइन । अहिले बजारमा धेरै पसलहरु बन्द हुन थालेको संकेत पनि हो । धेरै जनाले यो आर्थिक मन्दीको आभास गरिरहनु भएको छ । अर्थतन्त्र चलायमान नभएको पनि यसले संकेत दिन्छ । यस्ता खालका विषयबस्तु बढि आउन थालेको छ । र, यसको क्रम अझ धेरै बढन थालेको छ । हरेक हप्ता यसको अपडेट लिँदाखेरी त्यो पर्सेन्टेजमा एकदमै बढ्न थालेको छ । १० वटा पसल आउँथ्यो भने भने २० वटा, २५ वटाको दरले आउन थालेको छ । कोठा भाडा दिलाउ पाउने, कोठा खाली गर्न लगाउने छ ।’