भाटभटेनीका सञ्चालक गुरुङसहित १५ जनालाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो उनीहरुलाई म्याद थपका लागि अदालतमा पेस गरेको थियो ।

भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङसहित १७ जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको हो ।

उक्त प्रकरणमा सचिव कृष्णबहादुर राउत, पूर्वसहसचिव एवं निर्वाचन आयोगका पूर्वआयुक्त सुधीर कुमार शाहसति १७ जना अनुसन्धानका क्रममा पक्राउ परेका थिए ।

सुरुमा किर्ते सम्बन्धी कसुर लगाएर अनुसन्धान अगाडि बढाएको प्रहरीले संगठित अपराध जोडेर अनसन्धानका लागि अदालतसँग अनुमति मागेको थगियो ।

ललिता निवास जग्गा प्रकरणमा ४ सयभन्दा बढीलाई अनुसन्धानका लागि प्रहरीले अदालतबाट पक्राउ अनुमति दिएको छ । सरकारका नाममा रहेको बालुवाटारस्थित ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा गिरोहले हडपेको प्रहरीले जनाएको छ।


क्लिकमान्डु