सहकारी नियमन गर्न सरकारले शक्तिशाली संस्था स्थापना गर्नुपर्छ: विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले सहकारीकर्मीका माग पूरा गर्न आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा शर्माले केही सहकारीको कमजोरीले अन्य सहकारी पनि आलोचित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘सहकारीकर्मीहरू आन्दोलनमा छन् । केही सहकारीको कमजोरीका कारण देशका सयौं सहकारी आलोचित भएका छन् । सरकारले यसलाई नियमन गर्ने शक्तिशाली संस्थाको परिकल्पना गर्नुपर्ने हो’ शर्माले भने । आन्दोलनमा रहेका सहकारीकर्मीसँग संवाद गरेर माग पूरा गर्न उनले सरकारसँग आग्रह गरे ।

उनले हरेक तीन वर्षमा बढाउनुपर्ने श्रमिकको न्यूनतम ज्याला तोक्न आग्रह गरे ।


क्लिकमान्डु