सहकारी पीडितहरुको प्रदर्शनमा प्रहरी हस्तक्षेप



काठमाडौं । सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् । आइतबार सहकारी पीडितहरुले‍ र्‍याली निकाल्ने क्रममा माइतीघर क्षेत्रमा सडकमा अवरोध गरेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

सहकारी पीडितहरुले बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने सहरकारी सञ्चालकलाई कारबाही गर्नुपर्ने, फरार रहेका सञ्चालकलाई कारबाही गर्नुपर्ने, बचतकर्ताका समस्या छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने लगायतका विभिन्न नारा लगाएका थिए भने प्लेकार्डहरु प्रदर्शन गरेका थिए ।

माइतीघरबाट सुरु भएको र्‍याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सहकारी पीडितहरु लामोसमेतदेखि आन्दोलनमा रहेका छन् ।


क्लिकमान्डु