माछापुच्छ्रे बैंकले घटायो ब्याजदर, अब कति पाइन्छ?
काठमाडौं । माछापुच्छ्रे बैंकले साउन १ गतेदेखि लागू हुने गरि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले यसअघि दिँदै आएको ब्याजदरमा १० प्रतिशतभन्दा बढिले घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अब बैंकमा सबै प्रकार व्यक्तिगत मुद्दती निक्षेपमा निक्षेपकर्ताले ९ प्रतिशत मात्रै ब्याज पाउनेछन् । त्यस्तै, संस्थागत मुद्दती निक्षेपमा निक्षेपकर्ताले ७ प्रतिशत ब्याज पाउने भएका छन् । रेमिट्यान्स मुद्दती निक्षेपमा निक्षेपकर्ताले भने १० प्रतिशत ब्याज दिने जनाएको छ ।
बचततर्फ सबैभन्दा बढि रेमिट्यान्स बचत खाता र एमबिल कर्मसिल बचत खातामा सबैभन्दा धेरै अर्थात ७.८५ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ ।
एमस्मार्ट बचत खाता र मेरो लगानी बचत खातामा बचतकर्ताले ६.८५ प्रतिशत र अरु सबै प्रकारको खातामा बचतकर्ताले ४.८५ प्रतिशत ब्याज दिने बैंकले जनाएको छ ।
बैंकले कर्जामा अधिकतम आधारदरमा ३ प्रतिशत प्रमियम लिने जनाएको छ ।
फिक्स ब्याजदरको कर्जा योजना पनि बैंकले सार्वजनिक गरेको छ । जसअन्तर्गत पाँच वर्षसम्मको घरकर्जामा १२ प्रतिशत, ५ देखि १० वर्षसम्मको घर कर्जामा १३ प्रतिशत र १० वर्षभन्दा माथिको घर कर्जामा १४ प्रतिशत ब्याज लिने जनाएको छ । त्यस्तै, अटो लोनमा ५ वर्षसम्मका लागि १२ प्रतिशत र ५ देखि १० सम्मका लागि १३ प्रतिशत ब्याज लिने बैंकले जनाएको छ । अन्य खुद्रा कर्जाका हकमा भने ५ वर्षसम्मका लागि १२.५० प्रतिशत, १० वर्षसम्मका लागि १३.५० र १० वर्षभन्दा माथिका लागि १४ प्रतिशत ब्याज लिने बैंकले जनाएको छ ।