सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडरमा अभिनेत्री सुरक्षा पन्त



काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सहायक कम्पनी र विद्युतीय उपकरणमा अग्रणी कम्पनी इओएल प्रालिले चर्चित अभिनेत्री, सभिलि इञ्जनियिर तथा मोडल सुरक्षा पन्तलाई सिजी इलेक्ट्रिकको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । सुरक्षा पन्त र कम्पनीबीचको सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एकै ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने र यसको विविध उत्पादनलाई प्रवर्धन गर्ने लक्ष्य राखिएको छ ।

नवीनता र गुणस्तरप्रति प्रतिबद्धताका लागि परिचित सिजी इलेक्ट्रिकले सुरक्षा पन्तलाई आफ्नो ब्रान्डको प्रतिनिधित्व गर्न रोजेको जनाएको छ । सुरक्षाको आकर्षण, बहुमुखी प्रतिभा र प्रभावशाली व्यक्तित्वले उपभोक्तालाई अत्याधुनिक सामान उपलब्ध गराउन र सहज सेवा प्रदान गर्न सिजी इलेक्ट्रिकको दृष्टिकोणसँग पूणर्रूपमा मिल्दोजुल्दो रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्झौताअनुसार सुरक्षा पन्त चिम्नी, सोलार हिटर र इलेक्ट्रिक उपकरणहरूमा आफूलाई प्रस्तुत गर्नेछिन् । ‘सिजी इलेक्ट्रिकसँगको उनको सहकार्यले ब्रान्डको विशेषज्ञता र सम्बन्धित कोटीहरूमा असाधारण उत्पादनहरू उपलब्ध गराउने प्रतिबद्धतालाई प्रदर्शन गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

सहकार्यको बारेमा टिप्पणी गर्दै सिजीका उपाध्यक्ष एससी साबूले भने, ‘सुरक्षा जीसँग ब्रान्ड एम्बेसडरको रूपमा आबद्ध हुन पाउँदा खुसी छौं । उनको अनुग्रह, प्रामाणिकता र उनको कामप्रतिको समर्पण सिजी इलेक्ट्रिक ब्रान्डको  मार्गदर्शनसँग स्पष्ट रूपमा मिल्छ । हामी विश्वस्त छौं कि हाम्रो ब्रान्डसँगको उनको सहकार्यले हामीलाई अर्को स्तरमा पुर्‍याउनेछ र यसलाई हाम्रा उपभोक्ताबीच एक विश्वसनीय ब्रान्डको रूपमा स्थान दिनेछ ।’

सुरक्षा पन्तले साझेदारीको बारेमा आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘उत्कृष्टताप्रतिको प्रतिबद्धताका लागि परिचित ब्रान्ड सिजी इलेक्ट्रिकसँग आबद्ध हुन पाउँदा म सम्मानित छु । चिम्नी, सोलार र इलेक्ट्रिक उत्पादनको प्रतिनिधित्व गर्न पाउँदा म उत्साहित छु । सिजी इलेक्ट्रिकले नवीन र उच्च गुणस्तरका उत्पादन प्रस्तुत गर्छ र म यी क्षेत्रमा सिजी इलेक्ट्रिकको यात्राको हिस्सा हुन पाउँदा खुसी छु ।’


क्लिकमान्डु