नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न पदमा माग्यो २४ कर्मचारी




काठमाडौं । नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाले विभिन्न पदमा २४ कर्मचारी माग गरेका छन् । संस्थाले सूचना जारी गर्दै चौंथो तहदेखि आठौं तहसम्म कर्मचारी माग गरेका छन् ।

संस्थाले आठौं तहमा एक जना, सातौं तह (प्रशासन/प्राविधिक) मा ७ जना, छैठौं तहमा ५ जना, पाँचौं तहमा ३ जना र चौथो तहमा ८ जना कर्मचारी माग गरेका छन् ।

सूचनाअनुसार आवेदन आगामी साउन १८ गतेसम्म दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर आगामी साउन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन भर्न इच्छुक नागरिकले आठौं तह, सातौं तह र छैंठौं तहका लागि १÷१ हजार दस्तुर तोकेको छ । प्रत्येक थप समावेशी समूहका लागि ४ सय दस्तुर लाग्नेछ ।

साथै, पाँचौ तहका लागि परीक्षा दस्तुर ४ सय रुपैयाँ र थप समूहका लागि २ सय रुपैयाँ र चौथो तहका लागि परीक्षा दस्तुर ३ सय रुपैयाँ र थप समावेशी समूहका लागि १५० थप दस्तुर लाग्नेछ ।


क्लिकमान्डु