सरकारले ठगी गर्ने सहकारीलार्ई कारबाहीको प्रक्रिया अघि बढाइसकेको छः मन्त्री श्रेष्ठ
काठमाडौं । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरीले सरकारले ठगि गर्ने सहकारीहरुलार्ई कानूनअनुसार कारबाही गरिने बताकी छन् ।
बिहीबार राष्ट्रिय सभामा आगामी आर्थिक वर्षको विनियोजित बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा यस्तो बताइन् । उनले सरकारले ठगी गर्ने सहकारीहरुको अनुगमन र जाँचबुझ गरी प्रचलित कानून अनुसार कारबाही प्रक्रिया जारी रहेको बताइन् ।
उनले भनिन् ‘सहकारी ठगी गर्नेलाई प्रचलित कानून बमोजिम जाँचबुझ गरी कारबाहीको प्रक्रिया अघिबढाएका छौं ।’