सेयर बजारमा दोहोरो अंकको सुधार, १८५ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । बजनारमा मापन गर्ने सूचक २५.३१ अंकले बढेर परिसूचक २०९७.५५ बिन्दुमा रोकिएको छ ।

२८९ कम्पनीको ८५ लाख ४ हजार ३७८ कित्ता सेयर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँको सेयर कनिबेच भएको.छ । कारोबारमा बैंकिङ समूहको ८.७७, विकास बैंक ३०.८७, जलविद्युत १०२.७२, जीवन बीमा ३८.९७, माइक्रोफाइनान्स ७३.७५, निर्जीबन बीमा समूहको उपसूचक १०६.८०, अन्य समूहको उपसूचक १६.०५ अंकले बढेको छ । कारोबारमा वित्त ३९.२०, होटल समूहको उपसूचक ५१.०८ अंकले घटेको छ ।

कारोबारमा शिव श्री हाईड्रोपावर, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर कम्पनी, लक्ष्मी इक्विटीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा शिवम सिमेन्ट अग्रस्थानमा रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्योरेन्स र सोल्टी होलट रहेका छन् । कारोबारमा १८५ कम्पनीको सेयर मूल्य बढेको छ भने ३८ कम्पनीको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु