रिलायबल नेपाल लाइफको आईपीओ निष्कासन
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले रोजगारीका लागी विदेशमा रहेका नेपालीका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कास गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि १२ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँका दरले आईपीओ निष्कासन गरेको हो । आईपीओमा साउन १० गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिने छ । आईपीओमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।