वीरगञ्ज महानगरपालिकामा चिडियाखाना स्थापना गर्न सरकारले तोक्यो सिमाना



काठमाडौं । सरकारले पर्सा जिल्लाको महानगरपालिका वडा नम्बर ३२ स्थित सवैया साझेदारी वनको चार किल्लाभित्रको ५० हेक्टर वन क्षेत्रमा प्राकृतिक चिडियाखान स्थापना गर्ने सीमाना तोकेको छ ।

वन तथा वातावरण मन्त्रालयले राजपत्रमा सूचना जारी गर्दै चिडियाखाना स्थापना गर्न सिमाना तोकेको हो । सरकारले पूर्वको रामवन वस्ती (रामवन शिव मन्दिर हुँदै दशविघा दतिलमुक्ती आधारभूत विद्यालय देखि बारा पर्सा छुट्याउने खोल्सी पुल सिमानासम्मको राष्ट्रिय स्तरको वनको भाग तथा भू–परिधीय क्षेत्र) तोकेको छ ।

त्यस्तै, पश्चिम क्षेत्रको सोलखपुर जाने बाटो (सवैया साझेदारी वन हुँदै सोलखपुरजाने बाटो सिमानासम्मको राष्ट्रिय वनको भाग तथा भू–परिधीय क्षेत्र) र उत्तरको १० विगाहा फेन्सदेखि भेडाहा खोला जाने बाटो (सवैया साझेदारी वन र बारा पर्सा छुट्याउने सिमानासम्मको राष्ट्रिय वनको भाग तथा भू–परिधीय क्षेत्र) तोकेको छ ।

साथै, दक्षिणमा टिक भारे (आवादी हुँदै शिव मन्दिर सिमानासम्मको राष्ट्रिय वनको भाग तथा भू–परिधीय क्षेत्र) तोकेको छ ।


क्लिकमान्डु