हराएको मनाङको हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलि परिचालन



काठमाडौं । पाँच विदेशी यात्रुसहित लुक्ला क्षेत्रबाट हराइरहेको मनाङ एयरको हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलिकप्टर परिचालन गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्दार समन्वय केन्द्रले मनाङ एयरसँग समन्वय गर्दै हराएको हेलिकप्टर खोज्न अल्टिच्युड एयरको हेलि पठाएको विमानस्थल प्रमुख प्रताप तिवारीले जानकारी दिए ।

मंगलबार बिहान सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि १० बजेर ५ मिनेटमा उडेको हेलिकप्टर १० बजेर १३ मिनेटपछि सम्पर्कविहीन भएको हो ।

कल साइन ९ एन एन एमभी हेलिकोप्टर हराएको हो । हेलिकप्टरमा क्याप्टेन सहित ६ जना सवार थिए । जसमा ५ जना विदेशी यात्रु छन् ।

सोलुखुम्बु र रामेछापको सीमा क्षेत्र लाम्जुरा पासमा अन्तिमपटक हेलिकप्टर सम्पर्कमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । हवाई जहाजहरू लुक्ला विमानस्थल छिर्नेद्वार लाम्जुरा पास हो ।


क्लिकमान्डु