घोराही सिमेन्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, १० लाख कित्तासम्म आवेदन दिन मिल्ने




काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको साधारण सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीको आईपीओमा आवेदन दिनेले आज कार्यालय समय भित्र आवेदन दिइसक्नुपर्ने छ । स्थगित रहेको आईपीओमा असार २२ गतेदेखि पुनः आवेदन दिन खुलाइएको थियो । आवेदनकर्ताले सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता ४३५ रुपैयाँका दरले आवेदन दिन सक्नेछन् ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । आवेदन सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत सकिने छ । यसको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र नलिब इन्भेष्टमेन्ट बैंकिङ रहेका छन् ।


क्लिकमान्डु