ललिता निवास जग्गा प्रकरणः सञ्चार सचिव राउत विमानस्थलबाट पक्राउ



काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।
उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । विमानस्थलको आन्तरिक टर्मिनलबाट उनी पक्राउ परेका हुन् ।

सीआईबीका अनुसार राउत तत्कालीन समयमा भूमि सुधार मन्त्रालयमा शाखा अधिकृतको रुपमा कार्यरत थिए ।

आजै प्रहरीले समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याललाई पक्राउ गरेको थियो ।

ब्युरोका अनुसार पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको थियो ।


क्लिकमान्डु