ललित निवास जग्गा प्रकरण: समरजंग कम्पनीका तत्कालीन प्रमुख र नापी अधिकृत पक्राउ



काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार थप दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याल रहेका छन् ।

सरकारको नाममा रहेको ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउन उनीहरूको भूमिका देखिएको प्रहरीले जनाएको छ ।

बालुवाटारस्थित ललिता निवास रहेको १४३ रोपनी सरकारी जग्गा विभिन्न सरकारी कर्मचारीदेखि नेता र व्यापारीले हत्याइएको पाइएको प्रहरीको भनाइ छ ।

ब्युरोका अनुसार पहिलो चरणमा ११२ रोपनी र दोस्रो चरणमा ३१ रोपनी जग्गा व्यक्तिको नाममा नामसारी भएको थियो ।


क्लिकमान्डु